शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगाका १ देखी ३ वडाका ब्यवसायी महिलालाई सिलाई बुनाई तालिम सुरु

बुढिगंगाका १ देखी ३ वडाका ब्यवसायी महिलालाई सिलाई बुनाई तालिम सुरु

  • बुधबार, जेष्ठ ३, २०८०
बुढिगंगाका १ देखी ३ वडाका ब्यवसायी महिलालाई सिलाई बुनाई तालिम सुरु

बाजुरा– बुढिगंगा नगरपालिकाका १ देखी ३ नम्वर वडाका ब्यवसायी महिलालाई सिलाई बुनाई तालिमको सुरु भएको छ । बुढिगंगा नगरपालिकाको आयोजनामा तालिम संचालन भएको नगर उपप्रमुख माया कुवर खड्काले बताईन ।
वडा स्तरको समुहबाट ब्यावसायी तालिम गर्न चाहाने सहभागितात्मक ग्रामीण लेखाजोखा पश्चात छनोट भई ८ दिने उद्यमशिलता बिकास तालिम दिईसकेका महिलाहरुलाई तालिममा सहभागि गराईएको खड्काले बताईन । पहिला छनोट गर्दा वडा भित्रका सिप सिकेर ब्यवसायी गर्न चाहाने विपन्न परिवारका महिलालाई पहिलो प्राथामिकताका आधारमा छनोट गरिएको छ ।
एक समुहबाट तीन जना गरि ३ वडाबाट २५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम ४० दिनसम्म संचालन हुने बुढिगंगा नगरपालिकाका उद्यम बिकास शाखा प्रमुख बरिष्ट उद्यम विकास सहजकर्ता डम्मर थापाले बताए । यो तालिम मध्याम खालको रहेको थापाले बताए । आगामी दिनमा यो तालिम लगेर ब्यवसायी गर्ने महिलाहरुलाई एड्भान्स खालको तालिम पनि दिन सकीने उनले बताए ।
तालिमबाट सुईटर, टोपी, मोजा, गल्बन्दि महिलाले लगाउने स्टार लगाएतका थुप्रै सामग्री निर्माणको तालिम दिईने बताईएको छ ।
समुहका अध्यक्ष तगत केशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख माया कुवर खड्का रहेकी थिईन । तालिम साविकको व्रमतोला गाविसको भवनमा संचालन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार