• होमपेज
  • समाज
  • स्वास्थ्य सस्थामा सात महिना देखि औषधि अभाव

स्वास्थ्य सस्थामा सात महिना देखि औषधि अभाव

  • बुधबार, जेष्ठ ३, २०८०
स्वास्थ्य सस्थामा सात महिना देखि औषधि अभाव

बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिका अन्तर्गत रहेका १४ ओटा स्वास्थ्य संस्थामा सात महिना देखि औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । स्थानीय तहले समयमा औषधि खरिद नगर्दा औषधि अभाव भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
बुढिनन्दा नगरपालिका ८ की ६५ बर्षीया बुद्धि कठाएत विरामी भएर पाण्डुसेन स्वास्थ्ये चौकी पुगिन स्वास्थ्येर्मीले चेक गरि सकेपछि औषधि छैन भनेर पठायो । नजिक मेडिकल पनि छैन सदरमुकाम मार्तडी र अन्य ठाउबाट औषधि पठाउने मान्छै पनि छैन पैशा पनि छैन यसै मर्नु पर्ने भयो उहाले बताउनु भयो । दमकी विरामीलाई औषधि थिईन औषधि नभएर विरामीलाई खालि पठाउदा नराम्रो लागेको अनमी विमला बुढाले बताउने भयो ।


नगरपालिकामा कार्यकारी फेरबदल हुदा औषधि खरिद प्रकृयामा ढिलो भएकोले स्वास्थ्य संस्थामा औषधि अभाव भएको पाण्डुसेन स्वास्थ्य चौकीकी अनमी विमला बुढाले बताउनु भयो ।
स्वास्थ्य चौकीमा विरामी आउछन चेक गरेर औषधि बिनै पठाउने परेको बुढाले बताउनु भयो । असोज देखि केही महिना स्वास्थ्य कार्यालयबाट ल्याएर दिन्थ्यौ । अहिले त्यो पनि सकिएपछि अहिले अभाव भएको उहाले बताउनु भयो ।
झाडापखाला रुघाँखोकी, निमोनिया भएका बालबालिका र जेष्ठ नागरिक दैनिक २५÷३० जना उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको बाँधु स्वास्थय चौकीअनमी सर्मिला संज्यालले बताउनु भयो । पहिला विरामी आउथ्ये आजकाल औषधि नपाउने भएपछि बिरामी समेत आउन छोडेको उहाले बताउनु भयो । बिरामी नआउने भएपछि स्वास्थ्ये चौकी आएर हाजिर लगाएर घर फर्कनु परेको संज्यालले बताउनु भयो ।
विरामीहरु आउछन चेक गरेर औषधि छैन भनेर घर पठाउदा नरामाईलो लाग्छ र सेवन ग्राहीको गालि खानु परेको उहाले बताउनु सर्मिलाले बताउनु भयो ।


बुढिनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजंग शाहीले कार्यकारी नभएर खरिद प्रकृयामा ढिलो भएको भर्खर नया कार्यकारी नियुक्त भएकोले तत्काल खरिद प्रकृया गरेर औषधि खरिद प्रकृयामा लागेको बताउनु भयो ।
उहाँका अनुसार अहिले स्वास्थ्य संस्थामा सिटामोल, सिप्रो, जिंक, वारेस, फोलिकेसिट क्यालसियम बच्चाका लागि पारासिटामोल (झोल), एन्टीभाइटिक, जीवनजल लगायतका औषधिको अभाव छ ।
नेपालको संविधान धारा १६ मा “सम्मानपूर्वक बाँच्न पाउने हक“ अन्तर्गत उपधारा (१) मा “प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ“ भन्ने व्यवस्था गरिएको छ । बाजुराका नागरिकले औषधि नपाएर मर्नु पर्ने अवस्था आएको छ ।

चर्चामा

सम्बन्धित समाचार