शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

जगन्नाथ गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

  • सोमवार, जेष्ठ १, २०८०
जगन्नाथ गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

बाजुरा– जगन्नाथ गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निधारण गरेका सुचकलाई पुरा गर्दै पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।
स्वास्थ क्षेत्रलाई थप प्रभावकारी बनाउन जगन्नाथ गाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ “पूर्ण खोपयुक्त गाउँपालिका घोषणा  गरिएको जगन्नाथ गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र जोशीले बताए । जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षता सो कार्यक्रमको आयोजना गरिएको जगन्नाथ गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मरूकला विष्ट, गाउँपालिकाका निर्वाचित जनप्रतिनिधीहरु कर्मचारीहरू, जिल्ला खोप समन्वय समिति प्रतिनिधि प्रशान्त जोशी, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा जगन्नाथ गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए । उनले जगन्नाथ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूणर् खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिएर अघि बढ्ने बताए ।
पूणर् खोप गाउँपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघ संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले धन्यबाद समेत ब्यक्त गरेका छन ।

आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई अझै धेरै प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनाहरूमा समेटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूणर् भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका सबै महिला स्वयंसेविकालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको संचालन सुचना अधिकारी राजेन्द्र प्रशाद जोशीले गरेका थिए पुणर् खोपा घोषणा कार्यक्रममा सांगितिक कार्यक्रम समेत गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार