मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

  • शनिबार, बैशाख ३०, २०८०
मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

बाजुरा —  मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि सामान्य काम पनि हुन सकेको छैन । मार्तडी देखी कोल्टी सम्म ४० किलोमिटर कालोपत्रे गर्ने गरि प्रदेश र संघ सरकार बाट बजेट बिनियोजन भएको थियो ।
मार्तडी देखी कोल्टी सम्म तिन खण्डमा पुर्वाधार विकास कार्यलय अछामले टेन्डर गरेको थियो । मार्तडी देखी चुथि सम्म ९ किलोमिटर पहिलो खण्ड, चुथि देखी ढम्कने सम्म ५ किलोमिटर दोस्रो खण्ड र ढम्कने देखी कोल्टीचौर सम्म २६ किलोमिटर ठेक्का गरेर कार्यालयले ३ ओटा निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।
अन्य सडक खण्डमा काम भइरहेको भएपनि दोस्रो खण्ड चुथी देखी ढम्कने सम्म ५ किलोमिटरमा ठेकेदारको लार्पवाहीले कामको सुरुवात नै हुन सकेको छैन । सो सडक खण्डमा ट्याक्टर जीप लगायतका यातायातका साधानहरू तानेर सञ्चालन गर्नुपरेको जीप चालकहरुको भनाई रहेको छ । पटक पटक सडक सुधारका लागि हारगुहार गरेपनि कतै बाट पनि वास्ता नभएको स्थानियले बताए । सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकहरु बताउछन ।
बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायका अनुसार चुथि देखी ढम्कने सम्मको सडकको धेरै ठाँउमा गाडी तानेर सवार गर्नुपर्ने बाध्यता रहेको वताए । चुथि देखी ढम्कने सम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया इश्वशेर जेवि कम्पनीले काममा ढिलाई गर्दा समस्यामा भएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
आयोजना कार्यालय साफेँबगरका अनुसार ठेकेदार कम्पनीको म्याद असारमा सकिएको थियो । कोरोनाको कारण भनेर आउदो असार सम्म म्याद थपेको बताए । गएको असार सम्म ५ किलोमिटर कालोपत्रे गरिसक्नुपर्ने हो, तर कोरोनाको कारणले १ बर्ष म्याद थपिएको जनाएको छ । आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले पटक पटक ताकेता गरेको भए पनि सो निर्माण कम्पनीले बेवास्ता गरेको जनाएका छन ।
स्थानीय हिलोको प्रबाह नगरि पैदल गरिरहेका छन भने यातायातका साधानहरूलाइ कालोपत्रे गर्नुको साटो सामान्य यातायात सडक नबन्दा सास्ति भोग्नू परेको छ । ट्याक्टरको अगाडिको भागले तानेर पालैपालो गाडिहरु तान्ने गरेको जिव सञ्चालकले वताएका छन् ।
आयोजना कार्यालय अछामले पटक पटक कम्पनीलाई ताकेता गर्दा पनि वेवास्ता गर्दै आएको कार्यालयले जनाउदै आएको छ । दुई पटक भन्दा बढी चिठी पठाईसकेका छौ, तर पनी काम गर्न आलटाल गरिरहेको जनाएको छ । अहिले उक्त ठेकेदार सम्पर्कमा नआएको आयोजना कार्यालयले जनाएको छ ।
बाँनिया इश्वशेर जेवि कम्पनीका ऋषि बाँनियाले भने बाजुरकाकै यज्ञ शाहीलाई कामको जिम्मा दिएको तर उनले समयमै काम गर्न नसकेको जनाएको छ । उसलाइ पटक पटक भनिरहेका छौ, अब उसले काम गर्न नसके अर्कोलाई जिम्मा दिएर चाडै निर्माण कार्य शुरु गर्ने भनेका बानिया पनि सम्र्पकमा छैनन् । बानिया पनि निर्माण स्थल पुगेका छैनन् । यस अघि बडिमालिका खवरको टिमले मंसिर २९ गते र माघ ३ गते बानियालाइ सम्पर्क गर्दा केही दिनमै काम सुरू गर्ने भनेका भए पनि हाल सम्म सम्पर्क बिहिन बनेका छन ।
यता ठेकदार कम्पनीका यज्ञ शाहीलाई माघ ३ गते बडिमालिका खवरको टिमले फोन गर्दा मेशीनहरु सबै मर्मत गर्नुपर्ने भएकोले सामान बाहिरबाट आउदै गरेको र केही दिनमा काम सुरु गर्ने बडिमालिका खवरलाइ बताएका थिए । यो समाचार तयार पार्दा के हुन्छ भनी फोन गर्न बैसाख २९ गते पनि माथिकै जस्तै जेठ ५ गते सम्म पुग्छु भन्ने जवाफ दिएका छन ।
जिल्ला प्रशासन कार्यालय बाजुराले सडक निर्माण गर्न पटक पटक ठेकेदार र आयोजना कार्यलयलाई ताकेता गरेको भए पनि ठेकेदारले वेवास्ता गरेको जनाएको छ । मार्तडी कोल्टी सड्क खण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । शुदुरपश्चिम प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको सडक हो ।

चर्चामा

सम्बन्धित समाचार