शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • ठेकेदारकाे लापरबाहीले मार्तडी कोल्टी सडक अन्तरगत चुथी देखी ढम्कनेको काम अझै सुरू भएन

ठेकेदारकाे लापरबाहीले मार्तडी कोल्टी सडक अन्तरगत चुथी देखी ढम्कनेको काम अझै सुरू भएन

  • शुक्रबार, माघ ६, २०७९
ठेकेदारकाे लापरबाहीले मार्तडी कोल्टी सडक अन्तरगत चुथी देखी ढम्कनेको काम अझै सुरू भएन

बाजुरा– मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीका ठेकेदारकाे अटेरीका कारण सडक निर्माणमा ढिलाइ भएकाे पाइएको छ । सो सडकमा सामान्य काम भएको भए पनि सहज यातायात ब्यबासायीहरुले समस्या हुने गरेकाे बताएका छन । मार्तडी देखी कोल्टी सम्म ४० किलोमिटर कालोपत्रे गर्ने गरि प्रदेश र संघ सरकार बाट बिनियोजन भएको थियो । साे सडककाे स्तरउन्नती भएकाे भए भाडादर पनि केही कम हुने यातायात ब्यबासायीहरुले बताउने गरेका छन । प्रशासनले बढी भाडा किन लिएकाे भनेर थर्काउने यता सडक पनि नबन्दा ब्यबासायीहरु समस्यामा पर्ने गरेकाे जीप चालकहरुले बताउने गरेका छन ।
मार्तडी देखी कोल्टी सम्म तिन खण्डमा पुर्वाधार विकास कार्यलय अछामले टेन्डर गरेको थियो । मार्तडी देखी चुथि सम्म ९ किलोमिटर पहिलो खण्ड, चुथि देखी ढम्कने सम्म ५ किलोमिटर दोस्रो खण्ड र ढम्कने देखी कोल्टीचौर सम्म २६ किलोमिटर तेस्राे खण्ड गरेर ३ खण्ड गरी  पुर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।
अन्य सडक खण्डमा काम भइरहेको भएपनि दोस्रो खण्ड चुथी देखी ढम्कने सम्म ५ किलोमिटरमा ठेकेदारको लार्पवाहीका कारण काम हुन सकेको छैन् । सो सडक खण्डमा ट्याक्टर जीप लगायतका यातायातका साधानहरू कुनै ठाउमा तानेर सञ्चालन गर्नुपरेको यातायात ब्यवासायीले वताउने गरेका छन् । पटक पटक सडक सुधारका लागि हारगुहार गरेपनि कतै बाट पनि वास्ता नभएको यातायात ब्यवासायीहरुले  वताएका छन् ।
चुथी देखी ढम्कने सम्मको सड्कमा खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकहरुले वताउने गरेका छन् । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले भने गाडी तानेर सवार गर्नुपर्ने बाध्यता रहेको वताए । चुथि देखी ढम्कने सम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया इश्वशेर जेवि कम्पनीले काममा ढिलाई गर्दा समस्यामा भएको वडा अध्यक्ष  पाध्यायले बताए ।
यता ठेकदार कम्पनीका यज्ञ शाहीले भने मेशीनहरु सबै मर्मत गर्नु पर्ने भएकाेले सामान मगाइ रहेकाे र केही दिनमा काम सुरु गर्ने बडिमालिका खवरलाइ बताएका छन । मेशीनहरुका पाठपुर्जा बाहिरबाट ल्याउनुपर्ने भएकाे काममा ढिलाइ भएकाे उनले बताएका छन ।
आयोजना कार्यालय साफेँबगरले पटक पटक कम्पनीलाई ताकेता गर्दा पनि वेवास्ता गर्दै आएको पाइएकाे छ । बाँनिया इश्वशेर जेवि कम्पनीले भने बाजुरकाकै यज्ञ शाहिलाई कामको जिम्मा दिएको तर उनले समयमै काम गर्न नसकेको जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले सडक निर्माण गर्न पटक पटक ठेकेदार र आयोजना कार्यलयलाई ताकेता गरेको भए पनि ठेकेदारले वेवास्ता गरेको जनाएकाे छ । मार्तडी कोल्टी सड्क खण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । शुदुरपश्चिम प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको सडक हो ।

चर्चामा

सम्बन्धित समाचार