बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने

आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने

राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक जारी

  • शुक्रबार, बैशाख २९, २०८०
आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने

काठमाडौँ– चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा शुक्रवार नै सार्वजनिक हुने भएको छ । समय एकिन नभए पनि आजै मौद्रिक नीतिको समीक्षा जारी हुने गरी राष्ट्र बैङ्क सञ्चालक समितिको बैठक बसिरहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘बिहान करिब ९ बजेदेखि बसेको सञ्चालक समिति (बोर्ड) को बैठक अहिले पनि राष्ट्र बैङ्कमा जारी रहेको छ । बोर्डको बैठक लगत्तै १–२ घण्टामा मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुन्छ’ पोखरेलले रातोपाटीसँग बताए ।
खुकुलो मौद्रिक नीतिका लागि अर्थमन्त्रीको निरन्तरको दबाबका बीच तेस्रो त्रैमासको समीक्षामार्फत केही वित्तीय औजारहरूमा चलाउने योजना केन्द्रीय बैङ्कको छ । बैङ्कको ब्याजदर र बैङ्क तथा वित्तीय संस्थाहरूका लागि कारोबारमा केही सुविधा प्रदान गर्ने गरी मौद्रिक नीतिको समीक्षाको ड्राफ्ट तयार भएको बुझिएको छ ।
मौद्रिक नीतिको समीक्षाले यसअघिको सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा समेत केही परिमार्जन गर्दै सीमा वृद्धि गर्ने तयारी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार