शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • काेल्टी क्षेत्रमा सम्पन्न आँखा शिबरबाट १ सय ९० जनाकाे आँखाको ज्योति फर्कियो

काेल्टी क्षेत्रमा सम्पन्न आँखा शिबरबाट १ सय ९० जनाकाे आँखाको ज्योति फर्कियो

  • बुधबार, बैशाख २७, २०८०
काेल्टी क्षेत्रमा सम्पन्न आँखा शिबरबाट १ सय ९० जनाकाे आँखाको ज्योति फर्कियो

बाजुरा — प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स‌चालन भएकाे आँखा शिबिरबाट  १ सय ९० जनाकाे आँखाकाे ज्याेती फर्काइएकाे छ । ज्याेती फर्काइएका मध्य  ९७ जना जगन्नाथ गाउँपालिका मात्रै रहेका छन । जगन्नाथ गाउँपालिकाका ९७ जनाको निशुल्क अप्रेशन गरिनुका साथै गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र कोल्टीबाट घर सम्म यातायातकाे व्यवस्था गरिएको जगन्नाथ  गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताए । अप्रेशनका लागि सिफारिस गरिएका ९१ जना र थप ६ जना गरी ९७ जनाको कोल्टीमा प्राथमिक स्वास्थ्य चौकी कोल्टिमा अप्रेशन गरिएको अध्यक्ष शाहीले बताए ।

जगन्नाथ गाउँपालिकाकाे आयाेजना तथा गेटा आँखा अस्पताल धनगढी,कैलालीको समन्वयमा जगन्नाथ गाउँपालिकामा  बैशाख १४ देखि १६ गते सम्म बिरामीहरुको सहजताका लागि जगन्नाथ स्वास्थ्य चौकी लुमा, हुनीमहती स्वास्थ्य चौकी, महती र सामुदायीक स्वास्थ्य इकाई डाडाँखर्कमा संचालन भएको शिविरमा ७ सय ५० जनाको आँखाको चेकजाँच, औषधी उपचार, परामर्श र ६ सय २५ जनाले चस्मा  प्राप्त गरेकाे जगन्नाथ गाउँपालिकाले जनाएकाे छ।

कुण्डा क्षेत्रका चार वटा पालिका संगै छिमेकी जिल्ला हुम्ला, मगु र कालीकोटका सेवाग्राहिलाई लक्षित गर्दै सञ्चालन भएकाे शिविरमा वालवालिका देखि जेष्ठ नागरीक सम्मका स्थानियले सेवा पाएकाे बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताए ।

काल्टीमा  सञ्चालन हुने थोरै लगानि र छोटो समयको शिविरबाट नागरीकले सोचे अनुसारको सेवा लिन नसकेको अवस्थामा यस पटक आयोजना भएकाे शिविरबाट नागरीकले आफुले चाहे जति सेवा लिएकाे बुढिनन्दा नगरपालिकाका प्रमुख जनक बाेहराले बताएका छन ।

शिविरमा ३ सय ८० महिला र ३ सय ७० जना पुरुष लाभान्वित हुनुका साथै न्युन दृष्ट्रि भएका, दृष्ट्री गुमाएका, मोतियाबिन्दु भएका र बिषेश खालका आँखाको रोग लागेका ९१ जना बिरामीहरुलाई अप्रेशनका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा स‌चालन भएकाे शिबिरमा रिफर गरिएको जगन्नाथ गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताए।

  बैशाख २४ देखि २६ गते बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीमा संचालन भएको शिविरमा २ हजार जनाको चेकजाँच र १ सय ९० जनाको अप्रेशन गरिएको गेटा आँखा अस्पतालका डा इष्मत अधिकारीले बताएका छन ।  अप्रेशन गरिएका बिरामीहरुलाई औषधी र चश्मा निशुल्क बितरण गरिएको डाक्टर अधिकारीले बताए ।

 २ जना नावालकमा जन्मजात अन्धोपन देखिएको हुँदा उनिहरुको आँखामा ज्योति फर्काउनका लागि गेटा आँखा अस्पतालमा रिफर गरिएको जनाएकाे जनाएकाे छ।  आँखा शिविरमा अप्रेशनका लागि रिफर गरिएका र आँखा चेकजाँच गर्न छुटेका आ आफ्नो वडाका बिरामीहरु संग समन्वय गरेर कोल्टीमा पुर्याउन र ल्याउने कार्यका लागि सम्बन्धित वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी दिएकाे  गाउँपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार