बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • आईएनएफ नेपाल बाजुराद्धारा सरसफाई नमुना टोलको अनुगमन

आईएनएफ नेपाल बाजुराद्धारा सरसफाई नमुना टोलको अनुगमन

  • सोमवार, बैशाख २५, २०८०
आईएनएफ नेपाल बाजुराद्धारा सरसफाई नमुना टोलको अनुगमन

बाजुरा — आईएनएफ नेपालको आयोजनामा बडिमालिका नगरपालिका भित्रका सरसफाई नमुना टोलको अनुगमन गरिएको छ । अनुगनमा बडिमालिका नगरपालिकाका १२ ओटा टोल मध्य केही टोलको सयुक्त अनुगमन गरिएको हो ।फोहोर मैला ब्यबस्थापन संगै कृषकहरुलाई ब्यसायीक तालिम र बिपतका क्षेत्रमा समेत कार्य गर्दै आएको छ । टिआर फन्टको आर्थिक सहयोग आईएनएफ नेपालको प्राबिधीक सहयोग र बडिमालिका नगरपालिकाको समन्वयमा सरसफाई लगायतका कार्यक्रमहरुको प्रभावकारीता समाजमा भएको परिवर्तन सम्बन्धी अनुगमन गरिएको आइएनएफ नेपाल बाजुराका परियोजना संयोजक खेमराज मिश्रले बताएका छन ।
टोलहरुमा गठन गरिएका सरसफाई टोल समितिहरुको काम र प्राभबकारीता के कस्तो रहेको छ भन्ने बिषयमा अनुगमन गरिएको आईएन एफ नेपाल बाजुराले जनाएको छ । जताततै फोहोर बढेर दुुर्गन्धित हुन थालेपछि सरसफाई गर्ने कार्य संगै महिलाहरुको क्षेमता अभिबृद्धि गरेर सरसफाई अभियानमा जुट्न आईएनएफ नेपालले प्राबिधीक सहयोग गरेको परियोजना संयोजक मिश्रले बताएका छन ।
आईएनएफ नेपालले पलाष्टीकजन्य पदार्थबाट टोकरी नाग्ला, डाला लगायतका साम्रगी बनाएर आयआर्जनका कार्यमा समेत लाग्न तालिम समेत दिएर आयअर्जनका कामहरु समेत गर्ने गरेको बताईएको छ । आईएनएफ नेपालले बिगत लामो समय देखी जिल्लाका बिभिन्न स्थानिय तहमा आयआर्जन खानेपानी सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
आइएनएफ नेपाल बाजुराले मार्तडी बजारमा अत्याधिक फोहोर व्यापारिहरुबाट हुने भएकाले बजारमा कालो प्लाष्टिक निषेध गर्ने र बजारमा दैनिक उपभोग्य बस्तु किनमेल गर्न जादाँ ग्राहकहरुले कपडाको झोला लिएर सामान किन्न जाने लगायतका कामहरुमा सहजीकरण तथा कार्यक्रमहरु गर्दै आएको छ ।

अनुगमनमा जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा, बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष चन्द बहादुर थापा, वडा नम्मर ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, बडिमालिका नगरपालिकाका प्रमख प्रशासिकय अधिकृत रंगमल बिक, पत्रकार लगायतको टोलीले सयुक्तरुपमा अनुगमन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार