मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सम्मानजनक र सुरक्षित मातृत्व हामी सबैको दायित्व

सम्मानजनक र सुरक्षित मातृत्व हामी सबैको दायित्व

  • शनिबार, बैशाख २३, २०८०
सम्मानजनक र सुरक्षित मातृत्व हामी सबैको दायित्व

प्रसब हिंसा भन्नाले  महिलालाइ प्रसब ब्यथा/पिडा भैइरहेको बेलामा प्रसुतिकर्मिद्वारा कुनैपनी किसिमको दुव्र्यवहार पूर्ण, अपमानजनक वा भेदभावपूर्ण उपचार गरिन्छ भने त्यसलाइ प्रसुती हिंसा भनिन्छ।
हाम्रो जस्तो बिकासोन्मुख देशमा धेरैजसो मानिसहरुलाइ हिंसा भन्ने के हो भन्ने कुरा त थाहा नभएको अबस्थामा यो प्रसब हिंसाको बारेमा जानकारी हुनु र वकालत गर्नु त परैको कुरा हो।
बिश्व स्वस्थ्य संघसंगठनका अनुसार(२०२१) लगभग ३० प्रतिशत महिलाहरुले आफ्नै साथी वा श्रीमानबाट हिंसा भोगिरहेको पाइएको छ। प्रसुती हिंसाले महिलाको सम्मानजनक उपचारको अधिकारलाइ मात्र नभइ उनिहरुको आफ्नो ब्यक्तिगत स्व्तन्त्रता, शरीरमाथिको हक र गोपनियताको अधिकारलाइ पनि उल्लङ्हन गरेको पाइन्छ

जसले गर्दा महिलालाइ जिवनभरसम्म मनोबैज्ञानिक रूपमा नकारत्मक असर पर्न जान्छ। समान भेदभावरहित सम्मानपूर्ण र सुरक्षित उपचार पाउनु प्रत्यक महिलाको अधिकार हो। प्रत्येक महिलालाइ आफ्नो शरीरको उपचारको निर्णय लिन पाउने, आफ्नो उपचारको क्रममा गोपनियता कायम राख्न पाउने, महिलाको मन्जुरिबिना कुनैपनी उपचार वा प्रकृया र सल्यक्रिया गर्न नपाउने र दबाब र मनाहिरहित उपचार गर्न पाउने अधिकार सबै महिलालाइ अधिकार छ र उक्त अधिकारलाइ मध्यनजर गर्दै कुनै पनि प्रसुतिक्रमिले कुनिपनी किसिमको हिंसापुर्ण प्रसुती सेवा प्रदान गर्यो भने कानुनिरुपमा दण्डनीय मानिएको छ।
कानुनी रुपमा दण्डनिय हुँदा हुँदै पनी हाम्रो देशमा महिलाहरुले सम्मानजनक उपचार पाएको पाइएको छैन किनकी नेपालमा प्रसुती कक्षमा काम गर्ने प्रसुतिकर्मी देखि अरु कर्मचारिहरुलाइ सम्मानजनक प्रसुती सेवाको बारेमा पुर्ण जानकारी नभएर होला र महिलाहरुलाइ पनि आफ्नो प्रसुती अधिकारको बारेमा थाहा नभएर हो।
नेपाल सरकारले सुरक्षित मातृत्व सेवामा धेरै लगानी गरेतापनी समान र सम्मानजनक सुरक्षित मातृत्वको लागि स्वस्थ्यकर्मिहरुलाइ सचेतनाको लागि जोड दिएको पाइएको छैन। धेरैजसो महिलाहरु प्रसबको बेलाको ब्यथाभन्दापनी प्रसुतिकर्मिले गर्ने ब्यबहारले उहाहरुमा नकारत्मक असर परेको पाइएको छ।

प्रसबको बेला भनेको कुनैपनी महिलाको लागि येकदमै संवेदनशिल अबस्था हो यो बेला उहालाइ गरिने ब्यबहारले कुनैपनी महिलाको जिबनभर मनोबैज्ञानिक असर पर्न जान्छ। नेपालकै सबैभन्दा पुरानो र ठूलो अस्पताल परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा त महिलाहरुले सम्मानजनक उपचार पाइरख्नुभएको छैन भने अरु ठाउको त झन क कुरा गर्नु।

कुनैपनी देशको दक्ष जनशक्ति उत्पादनको लागि सबैभन्दा पहिला एउटा आमा शारिरिक, मनसिक, सम्बेगात्मक रुपमा तन्दुरुस्त हुन जरुरी हुन्छ। एउटा स्वस्थ आमाले मात्रै स्वस्थ बच्चा जन्माउन सक्छ भन्ने कुरालाइ नकार्न सकिँदैन। समान, सम्मानजनक र सुरक्षित मातृत्व हामी सबैको दायित्व भन्ने कुरा हामी सबैले आत्मसात गर्न जरुरी छ।

चर्चामा

सम्बन्धित समाचार