शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका सांसदले बुझे २ करोड १२ लाख, स्वकीयलाई मात्र ६३ लाख

सुदूरपश्चिमका सांसदले बुझे २ करोड १२ लाख, स्वकीयलाई मात्र ६३ लाख

  • शुक्रबार, बैशाख २२, २०८०
सुदूरपश्चिमका सांसदले बुझे २ करोड १२ लाख, स्वकीयलाई मात्र ६३ लाख

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य छन्। उनीहरुलाई प्रदेश सभा सचिवालयले पारिश्रमिकसहितको सेवा–सुविधा दिने गरेको छ।

प्रदेश सभाबाट पारित भएको सुवा सुविधा सम्बन्धी ऐन अनुसार उनीहरुको खातामा रकम जम्मा गर्ने गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले एक महिनामा ५६ हजार एक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ। पारिश्रमिक, सञ्चार, आवास, निजी सचिवालय बन्दोबस्त, बिजुली–धारा र अतिथि सत्कार शिर्षकमा उनीहरुले रुपैयाँ पाउने गरेका छन्। पुस १५ गतेदेखि चैतसम्म उनीहरुका लागि २ करो १२ लाख ६६ हजार पाँच सय ७७ रुपैयाँ खर्च भएको छ। साढे तीन महिनामा प्रदेश सभा सदस्यहरुले २ करोड १२ लाख ६६ हजार बढी सुवा–सुविधा बुझेका हुन्।

पुस महिनामा ३० हजार एक सय ३३ रुपैयाँका दरले पारिश्रमिक पाएका प्रदेश सभाका सदस्यहरुले पछिल्ला महिनाहरुमा भने ५६ हजार पाँच सयका दरले पारिश्रमिक बुझेका छन्।

प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याँक अनुसार पुस महिनामा १५ लाख ५७ हजार ६७ रुपैयाँ ५३ वटा प्रदेश सभा सदस्यहरुले पारिश्रमिक बापत बुझेका छन्। उनीहरुले सञ्चार शिर्षकमा एक हजार ६ सयका दरले ८४ हजार ८ सय, आवास शिर्षकमा नौ हजार ६७ का दरले चार लाख ५३ हजार तीन सय ३३, बिजुली–पानी शिर्षकमा एक हजार ६७ का दरले ६५ हजार पाँच सय ३३ र अतिथि सत्कारमा तीन हजार सात सय ३३ का दरले एक लाख ९७ हजार ८ सय ६७ रुपैयाँ बुझेका छन्।

प्रदेश सभा सदस्यहरुले माघ महिनामा ५६ हजार पाँच सयका दरले पारिश्रमिक बुझेका छन्। उनीहरुले माघमा २७ लाख ८२ हजार रुपैयाँ पारिश्रमिक बाफतको बुझेका हुन्। सञ्चार शिर्षकमा एक लाख ४७ हजार, आवास सुविधामा सात लाख ६८ हजार, निजी सचिवालयमा पाँच सय ५०, बिजुली धारामा ९२ हजार र अतिथि सत्कारमा तीन लाख ५१ हजार माघमा बुझेका छन्।

फागुनमा पारिश्रमिक बाफतको २८ लाख ३८ हजार पाँच सय, सञ्चारमा एक लाख ५० हजार, आवासमा सात लाख ८५ हजार, बिजुली धारामा ९४ हजार र अतिथि सत्कारमा तीन लाख ५८ हजार प्रदेश सभा सदस्यहरुले बुझेका छन्। उनीहरुले चैतमा पारिश्रमिक बाफतको २८ लाख ३८ हजार पाँच सय, सञ्चारमा एक लाख ५० हजार, आवाश सुविधामा सात लाख ८५ हजार, बिजुली पानीमा ९४ हजार र अतिथि सत्कार शिर्षकमा तीन लाख ५६ हजार पाँच सय बुझेका छन्।

प्रदेश सभा सदस्यका स्वकीय सचिवहरुले मात्र पुस १६ देखि चैतसम्म ६२ लाख ७० हजार नौ सय ७७ रुपैयाँ बुझेका छन्। तर प्रदेश सभा दुई महिनादेखि ठप्प रहेको छ। वैशाख महिनाको सुवा सुविधा दिइएको छैन। सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले तीन महिनामा २ करोड १२ लाख बढी सेवा–सुविधा बुझेका छन्। प्रदेश सभा सचिवालयको तथ्याँक अनुसार प्रदेश सभाका ५३ जना सदस्यले विभिन्न् शिर्षकमा २ करोड १२ लाख ६६ हजार पाँच सय ७७ रुपैयाँ बझेका हुन्।

उनीहरुले पारिश्रमिक, सञ्चार, आवास, निजी सचिवालय बन्दो बस्त, बिजुली–धारा र अतिथि सत्कार शिर्षकमा उक्त रकम लिएका हुन्। प्रदेश सभा सचिवायलले तीन महिनाको सेवा–सुविधा बाफतको रकम प्रदेश सभा सदस्यहरुको बैँक खातामा जग्गा गरेको हो। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार