शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • डिस्पोजल एप्रोन खरिदमा बदमासी, पाँच सयको एप्रोन १३ सय ३७ मा खरिद

डिस्पोजल एप्रोन खरिदमा बदमासी, पाँच सयको एप्रोन १३ सय ३७ मा खरिद

  • आइतवार, बैशाख १७, २०८०
डिस्पोजल एप्रोन खरिदमा बदमासी, पाँच सयको एप्रोन १३ सय ३७ मा खरिद

धनगढी– डिस्पोजल एप्रोन खरिदमा बद्मासी भएको पाइएको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डिस्पोजल एप्रोन खरिद गर्दा बद्मासी भएको फेला परेको हो।

पाँच सय आठ रुपैयाँ पर्ने एप्रोन एक हजार ३ सय ३७ रुपैयाँमा खरिद गरेको पाइएको छ। एप्रोनको प्राविधिक स्पेसिफिकेसनमा डिस्पोजेबल मात्र उल्लेख गरी तीन वटा फर्मसँग दररेट माग गरेर तीनवटै मूल्यको औषत एक हजार ३ सय ७७ रुपैयाँमा चार हजार पाँच सय थान एप्रोन खरिद गरी ५२ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

लागत मूल्य पेश भएको न्यूनतम दररेटभन्दा ८ सय १८ रुपैयाँ प्रति थान बढी दर कायम गरी लागत अनुमान स्वीकृत भई सोहीबमोजिम खरिद गर्दा ३७ लाख २९ हजार रुपैयाँ सरकारलाई व्ययभार बढेको हालै सार्वजनिक महालेखाको प्रतिवेदनमा उल्लेख छ। राज्यलाई अनावश्यक रुपमा व्ययभार थप्ने काम मात्र भएको प्रतिवेदनले औल्याएको छ। दिनेशखवरबाट

चर्चामा

सम्बन्धित समाचार