बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाल कुबेतसँग र युएई ओमानसँग भिडदै

नेपाल कुबेतसँग र युएई ओमानसँग भिडदै

  • शनिबार, बैशाख १६, २०८०
नेपाल कुबेतसँग र युएई ओमानसँग भिडदै

काठमाडौं – एसीसी प्रिमियम लिगमा आज सेमिफाइनल खेल हुदैँछन्। त्रिभुवन विश्वविद्यालय खेल मैदानमा नेपालले आज हुने सेमिफाइनलमा कुवतेको सामना गर्दैछ। सेमिफाइनलकै अर्को खेल मुलपानी मैदानमा हुँदैछ। त्यहाँ युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ‘ए’बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। समूह बीको उपविजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गर्न पुगेको हो।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पुगेको हो। यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुँदैछ।

युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह ‘बी’ बाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो। ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो।

दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछन्। जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार