• होमपेज
  • समाचार
  • मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना

मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना

  • बिहिबार, बैशाख १४, २०८०
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चर्चामा

सम्बन्धित समाचार