सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • संसदमा तोसिमा कार्कीले सोधिन् : मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?

संसदमा तोसिमा कार्कीले सोधिन् : मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?

  • मङ्लबार, बैशाख १२, २०८०
संसदमा तोसिमा कार्कीले सोधिन् : मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको बताएकी हुन् ।

‘हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ–७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य बीमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन ।’

सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने भन्दै सांसद कार्कीले अहिलेसम्म संसदमा के–के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन् आम नागरिकले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न माग गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार