मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाचार
  • आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हावाहुरी

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हावाहुरी

  • सोमवार, बैशाख ४, २०८०
आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हावाहुरी

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार