शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाचार
  • आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

  • आइतवार, बैशाख ३, २०८०
आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

बाजुरा– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

चर्चामा

सम्बन्धित समाचार