आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा स्कुटरसहित एक जना मृत फेला

अछाममा स्कुटरसहित एक जना मृत फेला

  • बुधबार, चैत्र २९, २०७९
अछाममा स्कुटरसहित एक जना मृत फेला

अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्।

योगी सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेका प्रहरीले बताएको छ। परिवारले आफुहरु नपुग्दा सम्म शव नउठाउन प्रहरीलाई भनेका छन्। नाथ वैद्यनाथ धाम पर्यटन विकास तथा व्यावस्थापन समितिका सदस्य समेत हुन। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। साँफे प्रहरीका अनुसार मंगलवार राति दुर्घटना भएको हो। बुधवार बिहान मात्र उनको शव फेला परेको छ।
साँफे प्रहरीका अनुसार सो क्षेत्रमा पाँच वटा दुर्घटना पहिला पनि भएका छन्। सडकका कारण दुर्घटना हुँदै आएका हुन्।

चर्चामा

सम्बन्धित समाचार