शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • आईपीएलमा हैदरावादको पहिलो जित

आईपीएलमा हैदरावादको पहिलो जित

  • सोमवार, चैत्र २७, २०७९
आईपीएलमा हैदरावादको पहिलो जित

काठमाडौं  –     इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै सनराइजर्स हैदरावादले यस सिजिनको पहिलो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि हैदरवादाले पञ्जावलाई ८ विकेटले सहजै हरायो ।

लागातार दुई हारपछि जितको खाता खोल्दै हैदरवादले २ अंक जोडेको छ र आठौं स्थानमा छ । पञ्जावको तीन खेलबाट ४ अंक छ र रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ ।

पञ्जावको हारपछि जारी १६औ संस्करणको आईपीएलमा अब अपराजित टिम बाँकी छैन । आइतबारै कोलकताले गुजरात टाइटन्सलाई पराजित गरेको थियो ।

तेस्रो चरणसम्म पुग्दा कम्तीमा सबै टोलीले एक खेल हारेका छन् । अहिलेसम्म जितविहीन रहने मध्ये दिल्ली क्यापिटल्सले लगातार तीन र मुम्बई इन्डियन्सले लगातार दुई खेल हारेको छ ।

घरेलु मैदान राजीव गान्धी स्टेडियममा हैदरवादले १४४ रनको लक्ष्य १७.१ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।

उसका लागि राहुल त्रिपाटीले अविजित रहँदै सर्वाधिक ७४ रन बनाए । उनले ४८ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान अइडन मारक्रमले २१ बलमा ४ चौका प्रहार गर्दै अविजित ३७ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि अविजित १०० रनको साझेदारी गरे । ओपनर मयंक अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन बनाए ।

पञ्जावका अर्शदिप सिंह र राहुल चाहारले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले कप्तान शिखर धवनको अविजित ९९ रन मद्दतमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

एक छेउबाट लगातार विकेट गुमे पनि ओपनर धवनले अन्तिमसम्म ब्याटिङ गर्दै टिमको स्कोर उकासेका थिए ।

१५ ओभरमा ८८ रन हुँदा ९ विकेट गुमाएको अवस्थामा धवनले सुझबुझ तरिकाले ब्याटिङ गरे । त्यसबेलासम्म ३८ बलमा ४७ रन मात्र बनाएका धवनले त्यसपछि अन्तिम पाँच ओभरको २८ बल खेल्दै ५२ रन थपे । उनले दशौं विकेटका लागि मोहित राथीसँग ५५ रनको साझेदारी गरे । जहाँ राथीले २ बल खेल्दै जम्मा एक रन मात्र योगदान गरे । यो बीचमा पञ्जावले दुई रन अतिरिक्तबाट पाएको थियो ।

धवनले ६६ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा टि नटराजनलाई छक्का प्रहार गर्दै उनले अविजित ९९ रन बनाए ।

हैदरवादलका लागि मायांक मार्कन्डेले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । यस्तै मार्को जानसेन र उमरान मलिकले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार