मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली नदिमा डुबेर आमा छाेराको मृत्यु

कर्णाली नदिमा डुबेर आमा छाेराको मृत्यु

  • शनिबार, चैत्र २५, २०७९
कर्णाली नदिमा डुबेर  आमा छाेराको मृत्यु

अछाम   –     कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित एक आमाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ की २२ वर्षीया कमला धामी र उनको पाँच महिनाको बच्चा कर्णालीको त्रिवेणीमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीले जानकारी दिएको छ ।

घरबाट उपचार गर्न जान्छु भनेर पाँच महिनाको बच्चा सहित हिँडेकी कमला त्रिवेणी स्थित कर्णाली नदिको किनारामा बच्चा सहित आमाको शव फेला परेको प्रहरीले बताएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार