बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • लिला राई फाउन्डेसनद्धारा गौमुलका भुकम्प पिडीतलाई टेन्ट वितरण

लिला राई फाउन्डेसनद्धारा गौमुलका भुकम्प पिडीतलाई टेन्ट वितरण

  • बुधबार, चैत्र २२, २०७९
लिला राई फाउन्डेसनद्धारा गौमुलका भुकम्प पिडीतलाई टेन्ट वितरण

बाजुरा — हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर माघ १० गते गएको भुकम्पका कारण प्रभाबित गौमुलका १४ घर परिवारलाई लिला राई फाउन्डेसन नेपालद्धारा टेन्ट बितरण गरिएको छ । गौमुल गाउपालिकाका पीडितहरुलाइ लिला राई फाउन्डेसन नेपाल अत्याधुनिक टेण्ट सहयोग गरिएको हो ।
गौमुल गाउपालिकामा भुकम्पका कारण धेरै क्षेती भएको र हाल पनि १४ घरपरिवार का घर पुणर् रुपमा क्षेती भएका कारण पालमा बसिरहेका कारण फाउण्डेशनले टेन्ट उपलब्ध गराएको सहयोगि प्रतिनिधीका रुपमा सामाजिक अभियान्ता महेशराज जैशीले बताएका छन ।

लिला राई फाउन्डेसनले ती पालमा बसेकालाई घाम पानीबाट सुरक्षित बस्नका लागि ७ थान टेण्ट उपल्ब्ध गराएको जैशीले बताएका छन । ७/८ जनाको परिवारलाई बस्न मिल्ने ती टेण्टको मुल्य १  लाख  ८० हजार भन्दा बढी रहेको उनले बताए ।
लिला राई फाउन्डेसनका तर्फबाट सहयोगि प्रतिनिधीका रुपमा सामाजिक अभियान्ता महेशराज जैशीले कार्यबाहक अध्यक्ष कलक सिंहलाई टेण्ट हस्तान्तरण गरेको गौमुल गाउँपालिकाले जनाएको छ । !यस कार्यले गौमुलका भुकम्प पीडितलाई सुरक्षित अस्थाई आवासका लागि सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार