बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • मिडिया सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

मिडिया सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

  • बुधबार, चैत्र २२, २०७९
मिडिया सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

टेक बहादुर बुढा — पत्रकारहरुकाे क्षमता विकास तथा न्यू मिडिया सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । डाेटी जिल्लाको दिपायलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम बुधबार (आज) सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष याेगेश रावलले बताएका छन ।

वर्तमान समयमा आम सञ्चार जगतकाे तिव्र विकास संगै विभिन्न अनलाइन मिडिया तथा रेडियोमा काम गर्ने पत्रकारहरुकाे क्षमता विकास तथा डिजिटल प्रबिधिहरुकाे प्रयोग, प्रविधिको प्रयोगबारे जानकारी दिने र मिसन पत्रकारीता कसरी गर्ने भन्ने विषय हरुकाे जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रमकाे आयोजना गरिएको अध्यक्ष रावलले बताए ।

वर्तमान परिपेक्षमा भ्युअर्स बढाएर डिजिटल एप्लिकेसनमा विज्ञापनबाट टन्न पैसा कमाउन सकिन्छ भन्ने हल्लाकाे भरमा धेरैजसो अनलाइन माध्यम खाेल्ने गरेकाले यसकाे अन्त्य गरि पत्रकारिताकाे कारण र प्रभाव पार्न सक्ने पत्रकारिता कसरी गर्ने भन्ने कुरामा समेत छलफल गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमकाे उद्घाटन उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाले गरेका थिए । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीस निरौलाले देशको परिवर्तनसंगै सञ्चार माध्यमको भूमिका अहम् भएका कारण संविधानमै पनि पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएकाले स्वतन्त्र, विश्वसनीय र पारदर्शिताका माध्यमबाट पत्रकारिता पेसा गर्नु पर्ने बताए ।

‘आजको युगमा सूचना नै शक्ति हो, जोसँग सूचना छ, त्यो बलियो छ’ न्यायाधीस निरौलाले भने ‘देश परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका भएकाले नै हाम्रो संविधानमा पूर्ण स्वतन्त्रताको ग्यारेन्टी गरिएको हो ।’ मुख्य न्यायाधीश निरौलालले भने सही सूचना जनतासम्म पुर्याउन पत्रकारहरु जिम्मेवार बन्नु पर्ने बताए । उनले भने ‘दिपायल स्थित उच्च अदालतले नेपालमै पहिलो पटक भर्चुअल बकपत्रको व्यवस्था गरेका छौं, यो प्रविधिसँग न्यायलय जोड्ने प्रयास हो ।’

उच्च अदालत दिपायलले गरेका काम कार्वाही र एक बर्ष अगाडि सुरु गरिएको भर्चुअल बकपत्रको बारेमा समेत पत्रकारहरुलाई अदालतमै बाेलाएर जानकारी समेत जानकारी गराइएको थियोे । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निराैला प्रमुख अथिति रहेका थिए ।
पत्रकार क्षमता बिकास कार्यक्रम अन्तर्गत दुई दिने न्यु मिडिया सम्बन्धी प्रशिक्षण कार्यक्रमकाे प्रशिक्षण उज्ज्वल आचार्य र मनमोहन स्वाँरले गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका ३५ जना पत्रकारलगायतकाे सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ डोटी शाखा अध्यक्ष मोहन शाहीले स्वागत गरेकाे प्रशिक्षण कार्यक्रमकाे सञ्चालन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार