• होमपेज
  • समाचार
  • राहदानी दुरुपयोगमा रविलाई मुद्दा चलाउनु पर्ने माग राखी सर्वोेच्चमा रिट दर्ता

राहदानी दुरुपयोगमा रविलाई मुद्दा चलाउनु पर्ने माग राखी सर्वोेच्चमा रिट दर्ता

  • सोमवार, चैत्र २०, २०७९
राहदानी दुरुपयोगमा रविलाई मुद्दा चलाउनु पर्ने माग राखी सर्वोेच्चमा रिट दर्ता

राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

अधिवक्ता सफलले रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गरेका हुन् । रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

राहदानी दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने राय सहित प्रहरीमा प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधीवक्ताले सदर गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार