शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • एक दिने बाली उपचार शिविर त्रिवेणी-८ मा सम्पन्न

एक दिने बाली उपचार शिविर त्रिवेणी-८ मा सम्पन्न

  • मङ्लबार, चैत्र १४, २०७९
एक दिने बाली उपचार शिविर  त्रिवेणी-८ मा सम्पन्न

 टेक बहादुर बुढा, बाजुरा — त्रिवेणी नगरपालिका-८ ढडालीमा एक दिने  बाली उपचार शिविर सम्पन्न भएकाे छ  ।  कृषि ज्ञान केन्द्र बाजुराकाे  आयाेजना र  त्रिवेणी   नगरपालिका कृषि शाखाको समन्वयमा  शिविर सञ्चालन गरिएकाे हाे । त्यँहा उत्पादन हुने विभिन्न बालीमा लाग्ने राेगहरुकाे परिक्षणकाे लागि एक दिने बाली उपचार शिविर सञ्चालन गरिएकाे   कृषि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ ।

 एक दिने  शिविरमा ५० जना कृषकहरुले बाली चेकजाँचका लागि कृषि आएका कृषि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । उक्त बाली उपचार शिविरमा  ९६ वटा तरकारी तथा फलफुलका बालीहरुको नमुना परिक्षण गरिएको  कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि प्रसाद पनेरुले बताएका छन ।

 नमुना परिक्षण गरिएका  बालीमा लाही किरा, रातो कमिला, फर्षिको रातो खपटे,फलको गबारो,डाँठको गबारो,फल झर्ने, फुल कुहाउने झिगा,बन्दाको पुतली,अनारको पुतली,जरा कुहिले रोग लगायतका समस्या हरु देखिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख  पनेरूले बताए ।

बिभिन्न राेगकाे  समस्याबाट बालीलाई बचाउन कृषकलाई उचित सुुुझाव सल्लाह दिइएको र बालीलाई बचाउन तथा बाली व्यवस्थापनका लागि  कृषकलाई आवस्यक प्रविधिक  सहयोग गर्ने समेत प्रमुख पनेरूले बताए ।

जलवायु परिवर्तनसंग संगै अन्य रोगहरुले पनि कृषकलाई अत्याधिक रुपमा चुनौती दिएको बेला उक्त शिविरले ठुलो सहयोग  पुगेकाे र आफ्ना बालीमा देखिएकाे विभिन्न समस्याकाे परिक्षण गर्ने अवसर जुरेकाे भन्दै कृषकहरु खुसी भएका छन ।   शिविरमा  बाली संरक्षण अधिकृत बिक्रम भट्ट, प्राविधिक सहायक सहितको टोलि गएर सो वडामै गएर उक्त शिविर संचालन गरिएको थियाे ।

चर्चामा

सम्बन्धित समाचार