शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • महाकालीको पक्की पुल २० दिनका लागि बन्द हुने

महाकालीको पक्की पुल २० दिनका लागि बन्द हुने

  • बिहिबार, चैत्र ९, २०७९
महाकालीको पक्की पुल २० दिनका लागि बन्द हुने

धनगढी  –     कञ्चनपुरमा निर्माणधिन दोधारा–चाँदनी जोड्ने ४ लेनको पक्की पुल २० दिनका लागि बन्द गरिने भएको छ। निर्माणाधिन अवस्थामा रहेको सो पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्न भोलीदेखि २० दिनसम्मका लागि पुलमा आवतजावत बन्द गर्न लागिएको हो।

दोधारा–चाँदनी नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत भानदेव भट्टद्धारा जारी सूचनामा सो समयसम्म सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको छ। निर्माणाधिन अवस्थामा रहेपछि उक्त पुल हाल दोधारा–चाँदनी बासिले प्रयोग गर्दै आएका थिए। सो पुल कुमार सीइएफसी जेभीले निर्माण गरिरहेको छ।

हाल दोधरा–चाँदनीलाई जोड्न २०६१ सालमा बनेको झुलुङ्गे पुल मात्रै वैकल्पिक बाटोको रुपमा रहेको छ।

चर्चामा

सम्बन्धित समाचार