शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ केदारस्युँ गाउँपालिकामा राष्ट्रिय गान पछि कार्यालयको काम सुरु

बझाङ केदारस्युँ गाउँपालिकामा राष्ट्रिय गान पछि कार्यालयको काम सुरु

  • बिहिबार, चैत्र ९, २०७९
बझाङ केदारस्युँ गाउँपालिकामा राष्ट्रिय गान पछि कार्यालयको काम सुरु

अर्थ जङ्ग शाही/बझाङ — बझाङको केदारस्युँ गाउँपालिकाले कार्यालयको काम सुरु गर्नु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । राष्ट्रिय गानको सम्मान र जिम्मेवारीता बढाउन कार्यालय सुरु हुनुअघि राष्ट्रिय गानमा सरिक भएर मात्रै कर्मचारी र जनप्रतिनिधिले काम सुरुवात गर्नेछन् ।

गाउँपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको जनाएको छ । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले जानकारी दिएका छन ।

उनले राष्ट्रिय गानपश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए । यस्तै राष्ट्रिय गानलाई निरन्तरता दिने र आम नागरिकलाई नयाँ सन्देश दिन खोजेको उहाँको भनाइ छ । उहाँले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको बताए ।

चर्चामा

सम्बन्धित समाचार