बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जस्तो छान्यो त्यही बिदेशीको दाश हुन्छ

जस्तो छान्यो त्यही बिदेशीको दाश हुन्छ

  • सोमवार, चैत्र ६, २०७९
जस्तो छान्यो त्यही बिदेशीको दाश हुन्छ

जस्तो छान्यो त्यही बिदेशीको दाश हुन्छ,
उस्का घोषणापत्रहरू समेत बतास हुन्छ।

केसधै आफ्नै खुट्टामा बञ्चरो हान्ने हामी,
जुनसुकै आए पनि समस्याको रास हुन्छ।

भनौ त यो देशमा कसको आँखा लाग्यो,
जनताको आकङ्क्ष सधै सत्यनाश हुन्छ।

जताकतै देशभित्र भ्रष्टचार वेहिसाब भयो,
यो चालाले हाम्रो देशमा के बिकास हुन्छ।

दिनौँ लेख्छौ नागरिक लाई सचेत गराउदै,
जब देश नै डुब्ने हामिलाई आभाश हुन्छ।

भन्छन धर्म गर्छौ दिन्छन् निर्दोशको बली,
यस्तै मानिसमा सधै राक्षशको बास हुन्छ।

चर्चामा

सम्बन्धित समाचार