शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाचार
  • नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

  • सोमवार, चैत्र ६, २०७९
नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

काठमाडौँ – नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार