बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पानी पर्ने,सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पानी पर्ने,सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

  • सोमवार, चैत्र ६, २०७९
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा  पानी पर्ने,सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

बाजुरा– हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उता राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार