बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा ६७ हजार बढी व्यक्ति अपाङ्गता, ‘कानुनी रुपमै विभेद’

सुदूरपश्चिममा ६७ हजार बढी व्यक्ति अपाङ्गता, ‘कानुनी रुपमै विभेद’

  • शनिबार, चैत्र ४, २०७९
सुदूरपश्चिममा ६७ हजार बढी व्यक्ति अपाङ्गता, ‘कानुनी रुपमै विभेद’

धनगढी       –     सुदूरपश्चिम प्रदेशभित्र ६७ हजार बढी अपाङ्गता भएका व्यक्ति छन्। विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिको संख्या प्रदेशभित्र बढ्दै गएको छ। अपाङ्गता भएका व्यक्तिले राज्यबाट प्राप्त हुने सुविधा पाउन सहज नभएको पीडितको गुनासो छ।

सरकारी सुविधा पाउन कानुनी रुपमै विभेद हुने गरेको अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत बर्दगोरिया गाउँपालिकाका संयोजक भिम कुश्मीले बताए। ‘कानुनी रुपमै विभेद भएको छ,’ उनले भने, ‘वातावरणीय रुपले होस या समाजिक रुपले निरन्तर विभेद सहनु पर्छ।’ सरकारी कार्यालय होस या सार्वजनिक स्थल समेत पूर्णरुपमा अपाङ्गमैत्री नहुदाँ अझ बढी समस्या हुने गरेको उनको दुखेसो छ।

बहिरा, बौद्धिक अपाङ्गता, दुष्टिविहीन लगायत अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई गुणस्तरीय सिकाइ प्रकृयामा सहभागी गराउन चाहिने आवश्यक मानवस्रोत विकास र परिचालनमा प्रदेश सरकारको नीति रहेपनि कार्यान्वयन नभएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमका अध्यक्ष मानबहादुर साउँदले बताए।

अपाङ्गता भएका व्यक्तिहरुका लागि विज्ञ स्वास्थ्यकर्मी तथा आवश्यक यन्त्रहरु नहुदाँ पनि विविध समस्याको सामाना गर्नु परिरहेको उनको गुनासो छ। अपाङ्गता भएका व्यक्तिलाई दुर्घटना वा अन्य समस्यामा पर्दा समाज वा सम्बन्धित निकाय गम्भिर नबनिदिदा दोषीलाई कारवाही नै नहुने अवस्थाबाट समेत थप पीडित बन्नु परेको उनले बताए।

अपाङ्गता भएका व्यक्तिहरु अहिले पनि कानुनी र संवैधानिक व्यवस्थाअनुसार सरकारी सेवामा प्रवेश गर्न नपाएको अध्यक्ष साउँदले बताए। पछिल्लो अध्ययन प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशभित्र ६७ हजार ७ सात सय ९२ जना अपाङ्गता भएका व्यक्ति छन्।

सबैभन्दा बढी १५ हजार ३ सय ७८ कैलालीमा छन्। कञ्चनपुरमा ९ हजार ७२, अछाममा ८ हजार ६ सय २, डोटीमा ७ हजार ३ सय २, डडेल्धुरामा ५ हजार एक सय ५०, बैैतडीमा ७ हजार ७ सय ८८, दार्चुलामा ३ हजार ६ सय ६९, बझाङमा ४ हजार ९ सय ७६, र बाजुुरामा ५ हजार ८ सय ५५ जना अपाङ्गता भएका व्यक्ति छन्।

चर्चामा

सम्बन्धित समाचार