शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • १५ हजार घुससहित पोखरामा सव–इन्जिनियर पक्राउ

१५ हजार घुससहित पोखरामा सव–इन्जिनियर पक्राउ

  • शनिबार, चैत्र ४, २०७९
१५ हजार घुससहित पोखरामा सव–इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सो आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार