बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा दुई लाख मुल्य बराबरका अवैध सामान बरामद

कञ्चनपुरमा दुई लाख मुल्य बराबरका अवैध सामान बरामद

  • बिहिबार, चैत्र २, २०७९
कञ्चनपुरमा  दुई लाख मुल्य बराबरका अवैध सामान बरामद

कञ्चनपुर  –      कञ्चनपुरको कृष्णपुरबाट झण्डै दुई लाख मुल्य बराबरका अवैध सामान प्रहरीले बरामद गरेको छ। प्रहरीले विशेष सुराकीको आधारमा अवैध सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगरपालिका–५ आमखैय्या नजिकैबाट एक लाख ७४ हजार पाँच सय मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

ती सामान प्रहरीले वेवारीसे अवस्थामा फेला पारेको हो। ठुलो परिणाममा कपडा र दुध पाउडर बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

चर्चामा

सम्बन्धित समाचार