शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • उच्च गतिको फाइबर इन्टरनेट सेवाबाट जोडियो जुम्ला

उच्च गतिको फाइबर इन्टरनेट सेवाबाट जोडियो जुम्ला

  • बुधबार, चैत्र १, २०७९
उच्च गतिको फाइबर इन्टरनेट सेवाबाट जोडियो जुम्ला

खलंगा  –     निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ ।

बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।

यससँगै जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए ।

काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले बताए । जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको पनि अग्रवालले बताए ।

‘जुम्लामा वायरलेस इन्टरनेट थियो, अब हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौं । संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पुर्यासइनेछ,’ अध्यक्ष अग्रवालले भने, ‘यसको लाभ कर्णालीबासीलाई हुनेछ । हामी नाफा कमाउनु भन्दा पनि कर्णालीलाई संसारसँग जोड्न चाहन्थ्यौं, सफल भयौं ।’

चर्चामा

सम्बन्धित समाचार