• होमपेज
  • समाज
  • सहजपुर–बोगटान सडकको ६ सय मिटरमा निर्माणको काम रोकियो

सहजपुर–बोगटान सडकको ६ सय मिटरमा निर्माणको काम रोकियो

  • आइतवार, फाल्गुन २८, २०७९
सहजपुर–बोगटान सडकको ६ सय मिटरमा निर्माणको काम रोकियो

धनगढी     –     सहजपुर–बोगटान सडकको ५० किलोमिटर कालोपत्र गर्न पूर्व प्रधानमन्त्री केपीशर्मा आलीले २०७५ फागुन ७ गते शिलान्यास गरे। उक्त सडकको ३० किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको छ। २० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ। उक्त सडक खण्डको २२ किलोमिटर क्षेत्रमा सुख्खा पहिरोले जान थालेको छ।

सुख्खा पहिरोका कारण ६ सय मिटर सडक निर्माणको काम रोकिएको सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख तेज भट्टले बताए। उनले भने, ‘सुख्खा पहिरोका कारण पनि काम गर्न समस्या छ। उनले भने, पहिरोले समस्या भएको छ। हामीले जालि लगाएका थियो। तर सुख्खा पहिरोले डेढ किलोमिटर कालोपत्र गर्न बाँकी छ। तल्लो बागछेडा क्षेत्रमा पनि काम रोकिएको छ।’

३६ महिनामा सडक निर्माणको काम पूरा गर्न सम्झौता गरिएको भएपनि समय थप गरिएको हो। आउदो जेठ मसान्तसम्म सडक निर्माणको समय थप गरिएको छ। सडक निर्माणको ३० प्रतिशत काम बाँकी रहेकाले असारसम्म समेत निर्माणको काम पूरा हुनेमा आशंका गरिएको छ। सडकको ४८ दशमलव ६ किलोमिटर क्षेत्रमा खानेपानीको मूलका कारण काम रोकिएको छ।

डोटीको बडीकेदार गाउँपालिकाको बागछेडा नजिकको खोचमा खानेपानीको मूल मासिने चिन्ता गरिएको छ। सो क्षेत्रमा समेत पाँच सय मिटर सडक निर्माणको काम रोकिएको छ। उनले भने, ‘तल खानेपानी रहेछ। बागछेडा अगाडीको खोजीबाट पानी गाउँसम्म पुगेको रहेछ। ४८ दशमलव ६ सय मिटर क्षेत्रमा त्यो ठाउँ छ। पहिला सडकका कारण गएको पहिरोले पानीको मूल पुरिएको रहेछ।’

२०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक खोल्न सुरु गरिएको थियो। कैलालीको सहजपुरदेखि डोटीको गाँडेबाझसम्म ५० किलोमिटर संघीय सरकारले कालोपत्र गर्दैछ। ८ डिसेम्बर २०१८ मा पिआरएल कुमार जेभीसँग सन २०२१ जुनमा सक्ने गरी सम्झौता भएको थियो। २ अर्ब २५ करोड लागतको सो सडकको प्रगति ८० प्रतिशत पूरा भएको छ। विवाद रहेको क्षेत्रमा सडक निर्माणको काम बाँकी छ।

सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख भट्टले विवाद रहेको क्षेत्रमा काम रोकिएको बताए। ‘कैलाली क्षेत्रमा १५ किलोमिटर काम पूरा भएको छ। एक सय ५० मिटर बाँकी छ। शिवनगरमा पाँच सय मिटर रोकिएको छ,’ भट्टले भने। संघीय सरकारले एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा सहजपुर–बोगटान सडक निर्माण गर्दैछ।

सहजपुर–बोगटान सडक निर्माणले बडीकेदार गाउँपालिका क्षेत्रमा खानेपानीको मूल मासिने चिन्ता गरिएको छ। संघीय सरकारले २०७५ फागुन ७ गतेबाट सुरु गरेको ५० किलोमिटर सडकको बागछेडा खण्डमा खानेपानीको मूल सुक्ने चिन्ता गरिएको छ। सडकको दुई सय मिटरको दुरीमा खानोपनीको मूल रहेको छ।

चर्चामा

सम्बन्धित समाचार