बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • आगलागीमा परी उदयपुरमा दुई बालबालिकाको मृत्यु

आगलागीमा परी उदयपुरमा दुई बालबालिकाको मृत्यु

  • शनिबार, फाल्गुन २७, २०७९
आगलागीमा परी उदयपुरमा  दुई बालबालिकाको मृत्यु

उदयपुर –     उदयपुरमा आगोलागीमा परी  दुई बालबालिकाको मृत्यु भएको छ। जिल्लाको रौतामाई गाउँपालिका–८ पाटाखोलामा आगोलागीमा परी दुई बालबालिकाको मृत्यु भएको हो।

सोही स्थानका रामबहादुर मगरको घरमा विद्युत सटभई आगालागी हुँदा उनकै ६ वर्षे छोरी जस्मिन मगर र दुई वर्षे छोरा रोजन मगरको जलेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारका अनुसार मगरको ढुंगा माटोले बनेको टिनको छाना भएको दुई तले घरमा बिद्युत सर्टभई अचानक आगलागी भएको थियो।

चर्चामा

सम्बन्धित समाचार