सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा दस महिनासम्म लागुऔषध मुद्दाका ३८५ जना पक्राउ

सुदूरपश्चिममा दस महिनासम्म लागुऔषध मुद्दाका ३८५ जना पक्राउ

  • बिहिबार, फाल्गुन २५, २०७९
सुदूरपश्चिममा दस महिनासम्म  लागुऔषध मुद्दाका ३८५ जना पक्राउ

धनगढी  –  सुदूरपश्चिममा दस महिनासम्म लागुऔषध मुद्दाका ३८५ जना पक्राउ परेका छन ।

 चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिमबाट लागुऔषध सेवन, विक्रीवितरण र ओसारपसार गरेको अभियोगमा प्रहरीले ३५१ पुरुष, २६ महिला र ८ जना भारतीय पुरुष गरी ३८५ जनालाई प्रकाउ गरेको छ। नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिनामा लागुऔषधका ३४ मुद्दामा ७२ जनालाई प्रकाउ गरेको छ। जसमा ३ महिला र ३ भारतीयसमेत रहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन्।

आर्थिक वर्ष २०७९÷८० को भदौमा भने लागुऔषध सम्बन्धी ३७ मुद्दामा ५४ जना पक्राउ परेका छन्। जसमध्ये २ जना भारतीय पनि नेपालमा लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका हुन्। असोजमा २५ मुद्दाका ३३ जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ। असोज महिनामा ४ जना महिला समेत लागुऔषध मुद्दामा पक्राउ परेका हुन्।

त्यस्तै, कात्तिकमा लागुऔषधका ३२ मुद्दा दर्ता भएकामा ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। सो अवधिमा ४८ पुरुष र ३ जना महिला लागुऔषध प्रयोग र ओसारपसारको अभियोगमा पक्राउ परेका हुन्। मंसिरमा लागुऔषधका २२ मुद्दामा ३७ जना पक्राउ परेका छन्। जसमध्ये २ जना महिला छन्। पुसमा लागुऔषधका ३५ मुद्दामा ४९ जना पक्राउ परेका छन्। जसमा १ जना भारतीय र ४ जना महिला रहेको प्रहरी अभिलेख छ।

नेपाल प्रहरीले माघबाट प्रदेशभर लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गरेसँगै माघ महिनामा लागुऔषधका ५५ मुद्दामा ८९ जना पक्राउ परेका छन्। जसमा २ जना भारतीय, १० जना महिला र ७७ जना पुरुष छन्। यसरी चालु आर्थिक वर्षको सात महिनामा लागुऔषधका २४० मुद्दामा ३८५ जना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ।

लागुऔषध सेवनकर्ता नै ओसारपसारमा संलग्न हुने गरेको अभियुक्तबारे अनुसन्धान गर्दा फेला परेको प्रहरी अधिकारीले बताएका छन्। सुदूरपश्चिममा पक्राउ पर्ने लागुऔषधका ९० प्रतिशत अभियुक्त सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। कैलालीको सीमावर्ती क्षेत्र धनगढी, भजनी, टीकापुर र अत्तरियाबाट सबैभन्दा बढी लागुऔषधका अभियुक्त पक्राउ पर्ने गरेका छन्।

त्यस्तै, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगरबाट पक्राउ पर्ने लागुऔषधका अभियुक्तहरूको संख्या पनि उल्लेख्य देखिएको छ। प्रदेशमा लागूऔषधको जालो कसरी फैलियो भन्ने प्रश्न जटिल बन्न थालेको छ। विशेषगरी एक जना प्रयोगकर्ताले नै आफ्नो संगतमा रहेका युवाहरुलाई सेवन गर्न सिकाउने गरेको अधिकारीहरु बताउँछन्। लागूऔषध सेवन गर्नका लागि आफूसँग सधै पैसा नहुने भएपछि लागूऔषध सेवनकै लागि साथी थप्दै जाने गरिन्छ।

कैलालीमा सञ्चालित सुधार गृहमा रहेकाहरुको भनाइ सुन्दा पनि अधिकांश प्रयोगकर्ता साथीहरुकै कारण कुलतमा फस्ने गरेका छन्। तीमध्ये केही मानसिक तनावका कारण यसमा लागेको देखिएको छ भने, अन्य प्रेममा धोका पाएकाहरु पनि कुलतमा फस्ने गरेका छन्। अभिभावकको कमजोरीका कारण पनि युवाहरु कुलतमा फसेका छन्। जालो फैलिनुको प्रमुख कारण सेवनकर्तासँगको संगत नै हो।

भारतको सीमावर्ती बजारमा खेरै हिरोइनको कारोबार निर्वाध हुने भएकाले नेपाली प्रयोगकर्ताले दैनिक सीमावर्ती क्षेत्रमा पुगेर भारतीयबाट खेरै हिरोइन र अन्य औषधिजन्य लागुऔषध खरिद गर्ने गरेको प्रहरीले जनाएको छ। खुला सीमानाको फाइदा उठाएर लागुऔषधका भारतीय कारोबारीले र भारतीय पुलिससँगको मिलेमतोमा नेपाली प्रयोगकर्तालाई भारतीय सीमावर्ती बजारमा खैरो हिरोइन बिक्री गर्ने गरेको देखिएको हो। ७ महिनमा प्रहरीले सुदूरपश्चिममा ४८ किलो ६८६ ग्राम ५ सय मिलिग्राम चरेस, ८८ किलो ३१८ ग्राम ७१५ मिलिग्राम चरेस र ७१७ ग्राम २८० मिलिग्राम खेरो हिरोइन बरामद गरेको अभिलेख छ।

चर्चामा

सम्बन्धित समाचार