• होमपेज
  • समाचार
  • राष्ट्रपति चुनावको मतदान अन्तिम चरणमा

राष्ट्रपति चुनावको मतदान अन्तिम चरणमा

  • बिहिबार, फाल्गुन २५, २०७९
राष्ट्रपति चुनावको मतदान अन्तिम चरणमा

संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको मतदान अन्तिम चरणमा पुगेको छ । हालसम्म संघीय संसदबाट ३१३ जनाले मतदान गरिसकेका छन् भने प्रदेश सभातर्फबाट ५१८ जना सांसदले मतदान गरिसकेको सांसद महेशकुमार बर्तौलाले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा तर्फ ३३४ कूल मत रहेकोमा १५ जना तटस्थ रहेका छन् भने २ जना सांसद बिरामी रहेका छन् भने एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका छन् । रवि लामिछानेको एउटा पद रिक्त रहेको छ भने एक जना सांसदको मृत्यु भएको छ ।

प्रदेशसभातर्फ ५५० जना सांसद मध्ये ५१८ जनाले मत हालिसकेको बर्तौलाले जानकारी दिए । आज ३ बजेसम्म मतदानको समय रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार