• होमपेज
  • समाज
  • रोल्पामा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

रोल्पामा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

  • बिहिबार, फाल्गुन २५, २०७९
रोल्पामा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

रोल्पा  –     रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सल्यानको कुमाक गाउँपालिका ६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको हो ।

सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीको जनाएको छ ।

दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ का २९ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय होलेरीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार