सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपति निर्वाचन आज : बिहान १० बजेदेखि मतदान

राष्ट्रपति निर्वाचन आज : बिहान १० बजेदेखि मतदान

  • बिहिबार, फाल्गुन २५, २०७९
राष्ट्रपति निर्वाचन आज : बिहान १० बजेदेखि मतदान

राष्ट्रपतिको निर्वाचन आज हुँदैछ। देशको चौंथो राष्ट्रपतिका लागि हुने निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अर्न्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन्।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजेपछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन।’

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

चर्चामा

सम्बन्धित समाचार