सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बुडाल मृत्युप्रकरणः ११ दिन पछि आफन्तले शव बुझे, अनुसन्धान जारी

बुडाल मृत्युप्रकरणः ११ दिन पछि आफन्तले शव बुझे, अनुसन्धान जारी

  • बुधबार, फाल्गुन २४, २०७९
बुडाल मृत्युप्रकरणः  ११ दिन पछि आफन्तले शव बुझे, अनुसन्धान जारी

बैतडी –     बैतडीमा मृत फेला परेका युवक जीवन बुडालको आफन्तले शव बुझेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका २५ बर्षीय जीवन बुडाल फागुन १३ गते मृत फेला परेका थिए। मृत फेला परेको ११ दिन पछि मंगलबार आफन्तले शव बुझेका जिल्ला प्रहरीकार्यालय बैतडीले जनाएको छ।

फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन्। बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिन सम्म शव बुझ्न मानेको थिएनन।

परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा छन्। उनहिरुमा माथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। यस्तै बुडाल मृत्यु प्रकरणमा प्रदेश मातहतको सिआईबीको टोलिले पनि अनुसन्धान गरिरहेको जिल्ला उनले बताए।

मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आएका छन् । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए। तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार