सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बैतडीमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बैतडीमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

  • मङ्लबार, फाल्गुन २३, २०७९
बैतडीमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बैतडी   –     बैतडीमा घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

जिल्लाको मेलौली–८ नम्बर वडाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। कुमारी बैँकका कर्मचारीको सहयोगमा घरघरमै गएर समाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष तपेन्द्र सिंह विष्टले बताए। चालु आर्थिक वर्षको ६ महिनाको सामाजिक सुरक्षा भत्ता घरटोलमै गएर वितरण गरिएको उनले बताए।

अशक्त, वृद्धवृद्धाहरुलाई बैँक सम्म पुग्न निकै समस्या हुने भएकाले सामाजिक सुरक्षा भत्ता वितरणमा वडाले सहजिकरण गरेको वडा अध्यक्ष विष्टले बताए। आफुले वृद्धवृद्धा अशक्त नागरिकहरुको बैँक सम्म पुग्नु पर्ने कठिनाइलाई मध्यनजर गरेर गाउँघरमै भत्ता वितरणको बातावरण मिलाएको र आगामिदिनहरुमा पनि निरन्ता दिने उनले बताए।

भत्ता वडामै पाएपछि त्यहाँका सेवाग्राही खुसि भएका छन्।

चर्चामा

सम्बन्धित समाचार