आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा

मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा

  • सोमवार, फाल्गुन २२, २०७९
मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा

जनकपुरधाम । मिथिलालञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज सोमबार जनपुरधाम फर्केको छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री १५ औं दिन जनकपुरधाममा आइपुगेका हुन् । अहिले जपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा परिक्रमामा सहभागी श्रद्धालु भक्तजन टेन्टटाँगेर बास बसेका छन् ।

फागुने औशीको दिन धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरुवात हुने गर्दछ । १४ औं पडावस्थलको परिक्रमा गर्दै फागु पूर्णिमाको दिन पुनः जनकपुरधाम फर्केर भोलिपल्ट अन्तगरगृह परिक्रमागरेपछि यो यात्रा समापन हुने प्रचलन छ ।

भोलि बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि विधिवत समापन हुने छ । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेकेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् ।
परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय २० किलो मिटरे पद यात्रा गरिन्छ ।

मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्त एवं मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास छ । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट श्रद्धालु तथा साधुसन्तहरु परिक्रममा सहभागी हुने गर्दछन् । खानपानसहित बन्दोबस्तीका सामानसहित श्रद्धालुहरु परिक्रमा सहभागी हुन्छन् ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार