बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बझाङका बैंक तथा वित्तीयको चर्को ब्याजविरुद्ध आन्दोलित,बजार बन्ददेखि ‘नो डिपोजिट’सम्म

बझाङका बैंक तथा वित्तीयको चर्को ब्याजविरुद्ध आन्दोलित,बजार बन्ददेखि ‘नो डिपोजिट’सम्म

  • बुधबार, फाल्गुन १७, २०७९
बझाङका बैंक तथा वित्तीयको चर्को ब्याजविरुद्ध आन्दोलित,बजार बन्ददेखि ‘नो डिपोजिट’सम्म

अर्थ जङ्ग शाही, बझाङ  –  बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध बझाङका उद्योगी, व्यवसायी झन कडा रुपमा संघर्षमा उत्रिएका छन् । सोमबारदेखि २० गतेसम्म बिहान ११ बजेसम्म बजार बन्द गर्ने बझाङ उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । सोमबारबाट हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्नुका साथै विरोध र्‍याली निकाल्ने तालिका समेत बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङ तथा सदरमुकाम चैनपुरका चोकहरुमा समेत विरोध प्रदर्शन गरिने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । उद्योगी व्यवसायीहरुले अघि सारेका माग एक महिना भित्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने समेत उधोग वाणिज्य संघको चेतावनी छ ।

बझाङमा फागुन १८ गते ‘नो डिपोजिट’ अर्थात कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, आफुअनुकुल ब्याज वृद्धि लगायतको विरोध गर्दै जिल्लाभरी नै यसको विरुद्ध स्वरुप २० गतेसम्मका लागि विभिन्न चार बुँदे कार्यतालिका नै बनाएर उधोग वाणिज्य संघले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार