बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बाजुरा आउदै प्रदेश सांसद शाही

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बाजुरा आउदै प्रदेश सांसद शाही

  • सोमवार, फाल्गुन ८, २०७९
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बाजुरा आउदै प्रदेश सांसद शाही

बाजुरा — जिल्लाकाे  प्रदेश (क) बाट निर्बाचित प्रदेश सभा सदस्य तथा सुदुर पश्चिम  प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही बाजुरा आउने कार्यक्रम तय भएको छ । प्रदेश सांसद शाही सुदुर पश्चिम प्रदेशकाे  मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बाजुरा आउने भएका छन ।
मन्त्री शाही नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको बैठक, पेशागत महासघंको अधिबेशन र मार्तडी कोल्टी सडकको अनुगमन लगायतका कार्यक्रमहरुका लागि बाजुरा आउने कार्यक्रम रहेको नेकपा एकिकृत समाजबादी पार्टीं जिल्ला कमिटि सचिव निर बहादुर शाहीले बडिमालिका खवरलाई जानकारी दिएका छन ।
मन्त्री शाहीले केही दिन प्रदेश (क)  का स्थानिय तहमा जनतासंग भेटघाट कार्यक्रम पश्चात प्रदेशबाट संचालीत योजनाहरुको अनुगमन संगै जिल्लामा हुन गईरहेको राष्ट्रपती रनिङ शिल्डको उद्धघाटन लगायतका कार्यक्रमहरु रहेको मन्त्री शाहीको निजी सचिवालयले जनाएको छ । मन्त्री शाही आज कोल्टी बिमान स्थलमा १२ बजे आउने कार्यक्रम रहेको पनि सचिवालयले जनाएको छ ।
सोमबार दिउँसो अर्थात आज कोल्टीमा जनतासंग भेटघाट कार्यक्रम संगै पेशगत महासघको अधिबेशन उद्धघाटन कार्यक्रम रहेको मन्त्री शाहीको निजी सचिवालयले जनाएको छ । मंगलबार मन्त्री शाहीको गृहपालिका स्वामिकार्तिक खापर गाउँपालिकाका जनतासंग भेटघाट र बिहिबार हिमाली गाउँपालिकामा कार्यक्रम रहेको  सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार