शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे हिमाली गाउँपालिकाका नागरिकलाइ एक नागरिकता बनाउन १२ हजार खर्च

बाजुराकाे हिमाली गाउँपालिकाका नागरिकलाइ एक नागरिकता बनाउन १२ हजार खर्च

  • शुक्रबार, फाल्गुन ५, २०७९
बाजुराकाे हिमाली गाउँपालिकाका नागरिकलाइ  एक नागरिकता बनाउन १२ हजार खर्च

बाजुरा — झट्ट सुन्दा धेरैलाई लाग्न सक्छ नागरिकले एक नागरिकता बनाउन यति खर्च लाग्छ भनेर तर बाजुरामा यो पुखौँ देखीको समस्या हो । हिमाली गाउँपालिकाका नन्दबिर विक भन्छन ‘जनप्रतिनिधि आएपछि गाउँमै नागरिकता बन्छ भन्थे, होइन रहेछ ।’ श्रीमतीको नागरिकता बनाउँन सदरमुकाम मार्तडी आउन,जान र बस्न १० हजार भन्दा बढि खर्च भएको सुनाए । जिल्लाको हिमाली गाउँपालीकाबाट सदरमुकाम आएर नागरिकता बनाउन कम्तीमा १२ हजार खर्च हुने गरेको छ । सरकारले निशुल्क रुपमा दिने नागरिकता बनाउन यति के खर्च भनेर अचम्मीत हुनु स्वाभाबिक पनि हो ।
हिमाली गाउँपालिका वडा न ४ फैतीकी सत्य भुल नागरिकता लिन भनेर सदरमुकाम मार्तडीमा आईन । नागरिकता बनाउनका लागि एक जना नजिकको मान्छे आवस्यक पर्ने भएकोले उनका श्रीमान नन्दबिर बिक पनि संगै आए । उनका दुई श्रीमान श्रीमतीले घर देखी कोल्टीसम्म जनही ५ सयका दरले १ हजार गाडी भाडा तिरे त्यहाँ बसेर बिहानको खाना होटलमा खाए होटलमा उनले दुई जना गरी ६ सय रुपैया तिरे । त्यसपछि उनिहरुले सदरमुकाम मार्तडीको बाटो तय गरे सदरमुकाम मार्तडी सम्म जनही १ हजारका दरले २ हजार रुपैयाँ जीपको भाडा पनि तिरे । सदरमुकाम मार्तडी पुगेर लगत्तै नागरिकता बन्ने समय गईसकेकोले होटल खोजेर होटलमा बसे उनले होटलमा कोठाभाडा दुइ छाक खानाको गरी ४ हजार रुपैया लाग्यो । उनको आउने जाने खर्च गरी १२ हजार खर्च हुने देखीयो ।
हिमाली गाउँपालिकाबाट नागरिकता बनाउनै २ देखी ३ दिनको समय खर्चिनु पर्ने हुन्छ । एक दिन वडा कार्यालयमा सिफारीस बनाउन दोस्रो दिन सदरमुकाम आउन र तेस्रो दिनमा मात्र नागरिकता बनाउन सकिने त्यहाँका स्थानियले बताएका छन । पहिले यातायातका साधन नहुदा बाटोमै हिडेर सदरमुका आउदा ५ दिन लाग्ने गरेको थियो त्योबेला अहिलेको जस्तो महगी नभएकोले केही सस्तो हुने गरेको भए पनि अहिले यातायात सुविधा संगै महगीले गर्दा धेरै खर्च हुने गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए ।
हिमाली गाउँपालिका लगायत स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका बुढिनन्दा नगरपालिकाका गाउँका बासिन्दा नागरिकता बनाउन रु १० हजार देखी १२ हजार सम्म खर्च गरेर सदरमुकाम मार्तडीमा आउन बाध्य भएका छन् ।
हिमाली गाउँपालिकाका नन्दबिर बिक जस्तै धेरै नागरिकले नागरिकता बनाउन सदरमुकाम मार्तडी पुग्दा रु १० हजार देखी १२ हजारसम्म खर्च लाग्ने गरेको पाईन्छ । नन्दबिर जस्तै गाउँबाट दुई दिन नागरिकता बनाउन समय लाग्ने र नागरिकताको लागि दुईजना जानुपर्ने भएकाले गाडीभाडा सदरमुकाममा बस्न खान महँगो खर्च गर्न बाध्य भएको बताए ।
बाजुराको पुर्वीउत्तर क्षेत्रका एक नगरपालिका र तिन गाउँपालिकाले करिव २ बर्ष पहिले नगर सभा र गाउँ सभाबाट ईलाका प्रशासनका लागि निणर्य गरी पठाउदा पनि हालसम्म कुनै सुनुवाइ नभएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । करिव एक बर्ष पहिले ४ ओटै स्थानिय तहका प्रमुखहरुले ४ ओटै पालिकाको पायक पर्ने स्थान भन्दै पिलुचौर वा कोल्टीमा इलाका प्रशासन कार्यालय राख्ने निणर्य भएको अध्यक्ष मल्लले बताए ।
ईलाका प्रशासनका लागि तत्कालिन प्रदेश सांसद बल्देव रेग्मी र बुढिनन्दा नगरपालिकाका तत्कालीन नगर प्रमुख पदम गिरीले कोल्टी हुनुपर्ने भनेका थिए । हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाले पिलुचौर हुनुपर्ने माग गरेको भए पनि अन्तीममा सेवा सुबिधा भवन लगायतका पुर्बाधारका हिसावमा कोल्टीमा हुने पक्का भइसकेको थियो हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताए ।
ईलाका प्रशासनका लागि लगभग अन्तिम तिर पुगीसकेको अबस्थामा तत्कालनि नेकपा सरकार बिभाजन भएपछी बिचमै हराएको र त्यसपछीका सरकारले चासो नदिएका कारण नागरिकले सास्थी खेप्नुपरेको जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । पहिले छलफल र निणर्य हुन सकेन त्यसपछी सरकार परिवर्तन लगायतका समस्याका कारण गृहमन्त्रालयबाट फाइल अगाडी नबढेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुराले पनि ईलाका प्रशानका लागि निणर्य गरी गृह मन्त्रालय सम्म फाइल पुगेको जनाएको छ । नेपाली नागरिक भएको प्रमाणपत्र पाउन पनि यस्तो सास्ती भोग्नुपरेको भन्दै त्यहाँका नागरिकले सरकारसँग गुनासो गर्दै आएका छन । नन्दबिर र सत्य भुल प्रतिनिधि मात्रै हुन् । उत्तरी क्षेत्रका नागरिकले सरकारी सेवा सुविधा लिन दसकौं देखि यस्तै सास्ती भोग्दै आएका छन् । सरकारले इलाका प्रशासन कार्यालय सञ्चालनका लागि चासो नदिँदा उत्तरी क्षेत्रका ४ वटा स्थानिय तहका नागरिकले सास्ती खेप्नुपरेको छ ।

चर्चामा

सम्बन्धित समाचार