सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छेडेदहमा हुने

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छेडेदहमा हुने

  • बिहिबार, फाल्गुन ४, २०७९
१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छेडेदहमा हुने

बाजुरा — जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड छेडेदह गाउँपालिकाको दशरथ माविमा संचालन हुने भएको छ । जिल्ला खेलकुद समिति बाजुरामा आज बसेको पदाधिकारीको बैठकले यस वर्षको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड छेडेदहमा संचालन गर्ने निणर्य गरेको छ ।

बैठकले यही फागुन १२ देखि १४ गतेसम्म प्रतियोगिता संचालन गर्ने निणर्य गरेको जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् । यस अघिको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकाम मार्तडीमा संचालन भएको थियो भने यस वर्ष सदरमुकाममा मैदान नभएका कारण खप्तड छेडेदहको दशरथ माविमा संचालन गर्न लागेको अध्यक्ष थापाको भनाई छ ।

प्रतियोगितामा जिल्लाका ९ पालिका मध्ये ८ पालिकाका पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरु सहभागि हुने आयोजक जिल्ला खेलकुद समिति बाजुराले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार