सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खेलकुद
  • विश्व कप लिग–२ क्रिकेट शृङ्खलाः नेपाल र नामिबियाको खेल सुरु, नेपालले फिल्डिङ गर्दै

विश्व कप लिग–२ क्रिकेट शृङ्खलाः नेपाल र नामिबियाको खेल सुरु, नेपालले फिल्डिङ गर्दै

  • मङ्लबार, फाल्गुन २, २०७९
विश्व कप लिग–२ क्रिकेट शृङ्खलाः नेपाल र नामिबियाको खेल सुरु, नेपालले फिल्डिङ गर्दै

काठमाण्डौ – विश्व कप लिग–२ को त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल र नामिबियाको खेल सुरु भएको छ।

कीर्तिपुरको त्रिवि मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियासँग नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो। लिस्ट ’ए’ मान्यता प्राप्त खेलमा भने सन् २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन्। २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो।

नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग, मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ। शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा छ। नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ।

चर्चामा

सम्बन्धित समाचार