सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका भुकम्प प्रभावितहरुलाई यूएनएफपीएद्धारा राहत सहयाेग

बाजुराका भुकम्प प्रभावितहरुलाई यूएनएफपीएद्धारा राहत सहयाेग

  • आइतवार, माघ २९, २०७९
बाजुराका भुकम्प प्रभावितहरुलाई यूएनएफपीएद्धारा राहत सहयाेग

बाजुरा — गत माघ १० गते बाजुराको हिमाली गाउँ पालिका केन्द्रबिन्दु बनाई गएको ५.९ म्यग्निच्युडको भुकम्प प्रभावितहरुलाई भुकम्प प्रभावितहरुलाई संयुक्त राष्ट्र संघीय जनसंख्या कोषद्धारा राहत सहयोग गरेकाे छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष तथा अस्ट्रेलिया सरकार DFAT को सहयोगमा साे साम्रगी बितरण गरिएकाे हाे ।  नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा राहत सामग्री वितरण गरिएको यूएनएफपीए  कार्यक्रम स‌ंयाेजक आत्मराम न्याैपानेले बताएका छन ।

No description available.

विपदको समयमा महिला तथा किशोरीहरुको विशेष आवश्यकताहरु लाइ मध्यनजर गर्नुका साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा सेवाको पहुँचमा बाधा उत्पन्न भई सेवा प्रवाहमा कमि आउन नसकाेस भन्ने उदेस्यका साथ साे साम्रगी बितरण गरिएकाे यूएनएफपीएले  जनाएकाे छ।

जिल्लाका बडिमालिका नगरपालिका र गौमुल गाउँ पालिकाका करिब १ हजार ४ सय ५० भुकम्प प्रभावित व्यक्तिहरुलाई राहत साम्रगी बितरण गरिएकाे कार्यक्रम संयाेजक न्याैपानेले बताएका छन । जिल्लामा ६ सय थान मर्यादा सामाग्री, ३ सय थान किशोरी सामग्री, ३ सय थान सोलार लाईट र १ सय ५० थान त्रिपाल, तथा जिल्ला अस्पताल बाजुरालाई प्रजनन स्वास्थ्य सामग्रीहरु लगाएत चालिस लाख बराबरको सामग्रीहरु सहयोग गरिएको कार्यक्रम संयाेजक  न्याैपानेले बताए ।

No description available.

यूएनएफपीएले भुकम्प प्रभावित महिला तथा किशोरीहरु, अझ विशेषतः जोखिम समूहमा रहने सुत्केरी, गर्भवती, अपाङ्गता भएका महिला-किशोरीहरु लक्षित गरि प्रभावितहरुको घरदैलो सम्म पुगी व्यक्तिगत सरसफाई र यौन तथा प्रजनन स्वास्थ्य हेरचाहका सामग्रीहरु प्रदान गरेकाेमा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले धन्यबाद समेत ब्यक्त गरेका छन । नगरपालिकाबाट सबै राहत साम्रगी बितरण गर्न सम्भव नभएकाे बेला यूएनएफपीएले गरेकाे सहयाेगले नगरपालिकालाइ समेत राहत पुगेकाे नगर प्रमुख खड्काले बताए । बिपतकाे समयमा गरेकाे सहयाेग संगै यूएनएफपीएले थप कार्यका लागी पनि सहयाेग गर्दै आएकाे नगर प्रमुख खड्काकाे भनाइ रहेकाे छ ।

 यसैगरी समाजमा ब्याप्त लैंगिक हिँसाका घटनाहरु विपदको समयमा अझ बढ्ने बिश्वब्यापी तथ्याङ्क रहेकाेले युएनएफपीएकाे सहयाेगमा बितरण गरिएकाे साम्रगीले गाउँमा रहेका दिदिबहिनीहरुकाे लागि उपयूक्त रहेकाे बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतले बताए । नगरपालिका र अन्य संस्थाहरुबाट भएकाे सहयाेगले वडाका नागरिकलाइ धेरै राहत भएकाे वडा अध्यक्ष महतले बताए ।

No description available.

विपदको समयमा पनि महिला तथा किशोरीहरुको व्यक्तिगत स्वास्थ्य, सुरक्षा तथा मर्यादापूर्ण यौन तथा प्रजनन स्वास्थ्य अधिकारको उपभोगमा प्रदान गरिएको मर्यादा तथा किशोरी सामग्रीहरुले सहयोगी भूमिका खेल्नुका साथै सम्भावित लैगिक हिँसाका घटनाहरुमा कमि ल्याउनमा मद्दत गर्ने यूएनएफपीए  कार्यक्रम संयोजक  न्यौपानेले बताएका छन्।

No description available.

विपदको समयमा बढ्न सक्ने लैगिक हिँसाका घटनाहरु लक्षित गरि लैंगिक हिँसा प्रभावितहरुले सेवा लिन सक्ने स्थानहरु र प्राप्त गर्न सक्ने सेवाहरु समेटी लैगिक हिँसा प्रेषण पद्दतिका बारेमा सचेतना पनि गरिएको यूएनएफपीएले जनाएकाे छ। त्यसैगरि जिल्ला अस्पताल बाजुराको एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) तथा CMC नेपाल लगायतका संस्थाहरुको सहयोगमा भुकम्प प्रभावितहरुलाई सामुहिक रुपमा पुर्व-प्राथमिक मनोसामाजिक परामर्श  सेवा पनि प्रदान गरिएको यूएनएफपीए बाजुराले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार