बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

  • शुक्रबार, माघ २७, २०७९
भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

एजेन्सी –  भूकम्पमा परी टर्की र सिरियामा ज्यान गुमाउनेहरूको संख्या २० हजार नाघेको छ।

टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १७ हजार ६ सय पुगेको त्यहाँको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ। भूकम्पका कारण सिरियामा ३ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। हजारौँ घाइते छन्। लाखौँ मानिस घरबारविहीन बनेका छन्। उद्धारकहरूले भूकम्पमा परेकाहरूको खोजी र उद्धार गरिरहेकै छन्। सहायताकर्मी खोजी र उद्धार कार्यमा चौथो दिन पनि टोलीहरू परिचालित छन्।

घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ। भूकम्प प्रभावितहरूको उद्धार र राहतमा ढिलाइ भएको भन्दै आलोचना भइरहँदा टर्कीका राष्ट्रपति तैयप इर्दोआन प्रभावित क्षेत्र पुगेका छन्। वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत पु¥याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पु¥याइरहेका छन्।

हिउँदको चिसो, भोकमरी र निराशाले यति बेला टर्की र सिरियाका लाखौँ मानिसहरू थप पिडामा छन्।

चर्चामा

सम्बन्धित समाचार