शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • तिनबर्ष पछि जिल्ला अस्पताल बाजुरामा एमडीजिपि डाक्टर

तिनबर्ष पछि जिल्ला अस्पताल बाजुरामा एमडीजिपि डाक्टर

  • बुधबार, माघ २५, २०७९
तिनबर्ष पछि जिल्ला अस्पताल बाजुरामा एमडीजिपि डाक्टर

टेक बहादुर बुढा/बाजुरा–जिल्ला अस्पताल बाजुरामा तिन बर्ष पछि एमडीजिपि चिकित्सक आएका छन् । तिनबर्ष पछि डा. प्रेरित देवकोट आएको अस्पताल बाजुराका ब्यबस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले वताएका छन् ।

३ बर्ष पहिला स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटका जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक डा. दुर्गा मर्हजन थिए । उनी गइसकेपछि पछि तिन बर्ष पछि देवकोटा जिल्ला अस्पताल बाजुरा आएका छन् ।

एमडीजिपि चिकित्सक ल्याउन लामो प्रयास पछि बाजुरा देवकोटा आएको अध्यक्ष कार्कीले वताए । देवकोटालाइ स्वास्थ्य मन्त्रालयले बाजुरा सरुवा गरेर पठाएको हो । देवकोटोको आग्रह अनुसार नै जिल्ला अस्पताल तेह्रथुम बाट बाजुरा सरुवा भएका हुन् । उनले तेह्रथुममा १ बर्ष काम गरिसकेका छन् । देवकोटाले बडीमालिका खबर सँग भने दुर्गम बाजुरामै काम गर्ने भनेर बाजुरा आएको हु, कम्तिमा १ बर्ष सम्म भएपनि बाजुरामा सेवा गर्ने वताएका छन् । बस्ने वाताबरण मिले लामो समय सम्म बस्ने उनले वताए ।

देवकोटालाइ निक साइमन्स इन्स्टिच्युटलले पनि बाजुरा बस्दा सम्म तलब भत्तामा सहयोग गर्ने भएको छ । तिनबर्ष पछि जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटने भएको छ । एमडीजिपि चिकित्सक नहुदा सामान्य घाउ देखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहदै आएको थियो अब अन्त्य हुने अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले वताए ।

बाजुरामा एमडीजिपि चिकित्सक ल्याउनका लागि मन्त्रालयमा धेरै पहल भएको सांसद बद्रि पाण्डेका स्वकीय ताल बहादुर रावतले वताए । एमडीजिप रोक्न धेरै प्रयास भएका थिए, बाजुरामा चिकित्सक पठाउनका लागि सांसद पाण्डे आफै सक्रिय भएको रावतले वताए ।

बाजुरा एमडीजिपि नभएको तिन बर्ष भइसकेको थियो । मन्त्रालयले पनि पठाउन नमान्ने गरेको तथा कोही आउन नमान्ने भएकाले लामो समयदेखी एमडीजिपि चिकित्सक अस्पताल बाजुरामा आउन सकेको थिएन् । एमडीजिपिको अबधारणा दुर्गमका अस्पतालका लागि हो, तर दुर्गमका जिल्ला सकरकारले पठाउन नै नमान्ने गरेको पाईएको थियो, बल्ल बाजुरा एमडीजिपि चिकित्सक आएको बाजुरा अस्पतालका सुचना अधिकारी नृपराज गिरीले वताएका छन् ।

पहिला जिल्लामा एमडीजिपि हुदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो । उक्त सेवा बिस्तार सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पातल बाजुराले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिब डा. रोशन पोखरेलले बाजुरा चिकित्सक अभाब हुन नदिने वताएका छन् । चिकित्सक बस्ने वाताबरण सिर्जना गर्न समेत आग्रह गरेका छन् । अस्पताल बाजुरा प्रदेश सरकारले अन्र्तगत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार