शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बैतडीमा बुहारीमाथि करणी गर्ने ससुरा कारागार चलान

बैतडीमा बुहारीमाथि करणी गर्ने ससुरा कारागार चलान

  • मङ्लबार, माघ २४, २०७९
बैतडीमा बुहारीमाथि करणी गर्ने ससुरा कारागार चलान

बैतडी –  बैतडीमा बुहारीमाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला अदालतको आदेश अनुसार ती पुरुषलाई सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले उनलाई गएको पौष २८ गते पक्राउ गरेको थियो। पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार